कांग्रेसमै फर्किए रास्वपा मकवानपुरका संस्थापक सभापति, सर्लाहीमा गगन थापाले गरे स्वागत

पालिका डायरी
११ फाल्गुन २०८२, १०:३९
कांग्रेसमै फर्किए रास्वपा मकवानपुरका संस्थापक सभापति, सर्लाहीमा गगन थापाले गरे स्वागत

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका संस्थापक सभापति भरतप्रसाद पराजुलीले पार्टी छाडेका छन् ।

सोमबार (आज) सर्लाहीमा कांग्रेस सभापति गगनकुमार थापाले उनालाई फेरि कांग्रेसमा स्वागत गरेका हुन् । रास्वपा जानुअघि कांग्रेसमा रहेका पराजुली पुनः पुरानै पार्टीमा फर्किएका हुन् ।

२०७९ को प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका थिए । मकवानपुरको मनहरी गाउँपालिकाका पराजुलीले पश्चिमी मकवानपुरको मत तान्न सफल भएका थिए। तर विजयी भने भएनन् ।

आउँदो प्रतिनिधि सभा निर्वाचनमा पनि रास्वपाबाट उनले टिकट पाउने पक्कापक्की जस्तै थियो । तर बालेन शाहको सचिवालयमा काम गरेका प्रशान्त उप्रेतीले टिकट उम्काएपपछि उनी असन्तुष्ट थिए । रास्वपामा बसेर सच्चा राजनीति गर्न नसकिने देखिएकाले कांग्रेसमा फर्किएको उनको भनाइ छ ।

‘रास्वपाको संगठन विस्तारमा धेरै दु:ख गरेँ, तर त्यो पार्टी दु:ख गर्नेका लागि होइन, उनले भने, ‘पुँजीवादी सोच भएको पार्टीमा बस्न मन नलागेर कांग्रेसमा फर्किएँ।’

प्रतिक्रिया