अङ्कुर नेपाल मकवानपुरद्वारा ‘भेटघाट कार्यक्रम’ आयोजना, तेजप्रसाद उप्रेतीलाई समर्थन

पालिका डायरी
१० फाल्गुन २०८२, १९:१५

हेटौंडा / कोरिया रिटर्नीहरुको साझा संस्था अङ्कुर नेपाल मकवानपुरले हेटौंडास्थित होटल ब्रान्ड मा ‘भेटघाट कार्यक्रम’ आयोजना गर्दै मकवानपुर क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्यका प्रत्यक्ष उम्मेदवार तेजप्रसाद उप्रेती (रमेश) लाई एकढिक्का भएर समर्थन गर्ने घोषणा गरेको छ।

कार्यक्रममा अङ्कुर नेपाल मकवानपुरका अध्यक्ष किशोर डंगोलले पार्टी, विचार र आस्था जहाँ जे भए पनि प्रवासी नेपालीले भोगेको पीडा, अनुभव तथा सामाजिक योगदानका आधारमा नेतृत्व चयन गर्नुपर्ने बताए। श्रमिक र प्रवासीको आवाज सशक्त रूपमा उठाउन सक्ने क्षमता तेजप्रसाद उप्रेतीमा रहेको उल्लेख गर्दै उहाँले जिल्लाको समग्र विकासका लागि मनदेखि मत दिई विजय गराउन सबैलाई आग्रह गरे।

त्यसैगरी मकवानपुर कोरिया मञ्चका पूर्व अध्यक्ष शम्भु पुडासैनीले विभिन्न संघसंस्थामा नेतृत्वदायी भूमिका सफलतापूर्वक निर्वाह गरिसक्नुभएको सक्षम नेतृत्वलाई विजयी गराउन सबै प्रवासी तथा कोरिया रिटर्नीहरू एकजुट हुनुपर्ने बताए।

भेलामा मकोमका संस्थापक अध्यक्ष श्रीकृष्ण ढकाल, आरिराङ कोरियन भाषा केन्द्रका सञ्चालक सुबेन्द्र मुक्तान तथा टुडल भाषा केन्द्रका सञ्चालक हिरालाल स्याङतानलगायतले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम सञ्चालन अङ्कुर नेपालका सचिव माधव सापकोटाले गरेका थिए।

प्रतिक्रिया