स्रोत नखुलेको १४ लाख नगदसहित २१ वर्षका युवक पक्राउ
सिराहाको औरहीबाट प्रहरीले १४ लाख रुपैयाँ नगदसहित २१ वर्षीय युवकलाई पक्राउ गरेको छ ।
औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादव पक्राउ परेका छन् ।
उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ । उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया


