सुनसरीमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच झडप
सुनसरीको भोक्राहामा नेपाली कांग्रेस र रास्वपाका कार्यकर्ताबीच झडप भएको छ ।
कांग्रेसको कार्यक्रममा जाने क्रममा सामान्य भनाभनपछि झडप भएको छ । भोक्राहामा भएको चुनावी कार्यक्रममा सहभागी हुन जाँदै गरेका कांग्रेसका कार्यकर्तालाई रास्वपाका कार्यकर्ताले गाली गर्न थालेपछि झडप भएको हो ।
झडपको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर स्थिति नियन्त्रणमा लिएको छ । कांग्रेसको चुनावी कार्यक्रममा सहभागी हुन जाने क्रममा बाटोमा कांग्रेस र रास्वपा कार्यकर्ताबीच विवाद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्र खड्काले बताए ।
प्रहरीले दुवै पक्षलाई सम्झाई–बुझाई गरेपछि अहिले त्यहाँको अवस्था सामान्य बनेको डीएसपी खड्काले जानकारी दिए ।
प्रतिक्रिया


