हेटौंडा–१५ का मतदाताको उत्साह : रानालाई जिताएरै पठाउँछौं
हेटौंडा / मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सूर्यध्वजाबाहक उम्मेदवार रामेश्वर राना सहित नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका नेता तथा कार्यकर्ताले आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा सशक्त घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।
घरदैलो अभियानका क्रममा उम्मेदवार रानासहितको टोलीले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै विकास, समृद्धि र स्थायित्वका मुद्दा प्रस्तुत गरेको थियो। कार्यक्रममा वडा नम्बर १५ का आम मतदाताले नेकपा एमालेले सालिन, भद्र र जनताको हरेक दुःख–सुखमा साथ दिने होनहार उम्मेदवार अघि सारेको भन्दै खुसी व्यक्त गरेका छन्।
वडा नम्बर १५ का स्थानीय मतदाताहरूले विगतमा एमालेले अघि सारेका विकास–निर्माणका काम, पूर्वाधार विस्तार, सामाजिक सुरक्षा कार्यक्रम तथा आर्थिक समृद्धिको स्पष्ट मार्गचित्रलाई आधार मानेर मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनीहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा रामेश्वर रानालाई विजयी गराएर संघीय संसदमा पठाउने दृढ अठोट पनि व्यक्त गरेका छन्।
प्रत्यक्ष मतदाता भेटघाट कार्यक्रममा स्थानीय अगुवाहरूले भावनामा होइन, विकास र परिणाममा आधारित निर्णय गर्न वडाबासीलाई आग्रह गरेका छन्। एमालेले देखाएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को मार्गचित्र साकार पार्न सूर्य चिन्हमा मतदान आवश्यक रहेको उनीहरूको भनाइ छ।
घरदैलो अभियानमा सहभागी नेता तथा कार्यकर्ताहरूले वडा नम्बर १५ मा जनलहर उत्साहजनक रहेको भन्दै खुसी व्यक्त गरेका छन्। आगामी दिनमा मकवानपुर क्षेत्र नम्बर १ का अन्य वडाहरूमा समेत वडा नम्बर १५ जस्तै उम्मेदवार र मतदाता भेटघाटलाई थप तीव्र बनाइने नेकपा एमाले मकवानपुर निर्वाचन प्रचार–प्रसार समिति क्षेत्र नम्बर १ ले जनाएको छ।
मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ अन्तर्गत वडा नम्बर १४ मा पनि आज उम्मेदवार रानासहित प्रत्यक्ष मतदातासँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।



