भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै बुझाए ध्यानाकर्षण पत्र

पालिका डायरी
२ फाल्गुन २०८२, १८:२४
भूमि अधिकार मञ्च मकवानपुरद्वारा उम्मेदवार विष्टलाई लालपुर्जा नपाएको भन्दै बुझाए ध्यानाकर्षण पत्र

हेटौंडा / हेटौैंडा उगमहानगरपालिका ११ स्थित मकवानपुर जिल्ला भूमि अधिकार मञ्चले नेकपाका मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार लवशेर बिष्टलाई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूको समस्या समाधान नभएको भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

पुस्तौंदेखि जोतभोग गर्दै आएको जग्गा अहिलेसम्म नापी नगरेर समस्या खडा गर्दै हालसम्मका सरकारले गरिबहरूमाथि थिचोमिचो गर्दै आएकोले अब बन्ने सरकारले हेटौंडावासीको समस्या समाधान गर्न पहल गरून् भनेर मकवानपुर जिल्ला भूमि अधिकार मञ्च का सदस्य विकास तितुङले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

मञ्चले बुझाएको भूमि सम्बन्धी ध्यानाकर्षण पत्रलाई आत्मसात गर्दै उम्मेदवार बिष्टले आफूले जितेर गएपछि सिमलटार लगाएतको भूमि सम्बन्धी समस्यालाई पहिलो मुद्दाको रूपमा उठान गर्ने बताए । उत्तरी मकवानपुर थाहा नगरपालिकाका निवर्तमान मेयर बिष्टले आफूले काम गरेर सबैको मन जितेको बताए । बिष्टले आफू मेयर हुँदा जनताको काम गरेर आएकोले मत किन्ने, पैसाको बलमा चुनाव जित्ने कुरामा विश्वास नगर्ने बताए ।

भूमि अधिकार मञ्च मकवानपुरको आयोजनामा भएको हाे । मञ्चका नगर अध्यक्ष गोविन्द प्रसाद न्याैपानेकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य कुमारी माेक्तान, किशाेर बर्ताैला प्रदेश सदस्य सागर बानियाँ, नेकपाका नेता विर बहादुर घलान ज्वाला लगाएतका नेताहरुकाे आतिथ्यता रहेकाे थियो ।

प्रतिक्रिया