जनताको आवाज सदनमा बुलन्द गर्ने प्रतिबद्धतासहित विष्टको मतदाता भेटघाट जारी

पालिका डायरी
२४ माघ २०८२, १४:४६
जनताको आवाज सदनमा बुलन्द गर्ने प्रतिबद्धतासहित विष्टको मतदाता भेटघाट जारी

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा चुनावी सरगर्मी बढ्न थालेको छ। उम्मेदवारहरू मतदाता भेटघाट र भोट आफ्नो पक्षमा पार्न यथासक्य प्रयास गरिरहेका छन्।

उम्मेदवारी दर्ता गरेका उम्मेदवारहरूको सक्रियता बढ्दै गर्दा नेकपा (नेपाली कम्युनिस्ट पार्टी) तारा चिन्हबाट उम्मेदवारी दिएका पूर्व सफल मेयर लवशेर विष्टले पनि आफ्नो अभियानलाई तीव्र बनाएका छन्। चुनावी अभियान अन्तर्गत थाहा–९ नम्बर कपुगाउँका बलामी समूहले उम्मेदवार बिष्टलाई समर्थन गर्ने निर्णय गरेको जानकारी समूहका अध्यक्ष श्रवण बलामीले दिए।

साथै भेटघाट कार्यक्रममा उपस्थित बलामी समूहले मकवानपुर–२ तर्फ उठेका उम्मेदवारमध्ये उत्कृष्ट र इमानदार पात्र भएकाले सहयोग गर्न लागिएको बताए । यस्तै समूहका उपाध्यक्ष राजाराम बलामीले बिष्टलाई विकासप्रेमी नेता भएकै कारण साथ दिन लागिएको बताउए। साथै, जितिसकेपछि पार्टीको कुरा मात्र होइन, जनताको समस्याको आवाज सदनमा बुलन्द रूपमा उठाउन बलामी समूहको मत रहेको बुझ्नुपर्ने सुझाव पनि दिए। विगतमा जिताएर पठाइएका प्रतिनिधिले जनता विरोधी र के सही के गलत नसोचिकन सदनमा टेबल ठोक्न मात्र सीमित भएको उल्लेख गर्दै त्यही प्रवृत्ति नदोहोर्‍याउन आग्रह गरिएको थियो।

चुनावी प्रतिस्पर्धामा उत्रिएका विष्टले जनताको पक्षमा काम गर्ने र चुनाव हारे पनि जिते पनि जनताकै सेवामा लागिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया