जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट ९ जना पक्राउ
Ai photo
खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुरबाट नौजना पक्राउ परेका छन्।
ललितपुर महानगरपालिका-१७ बाफल भेल्पास्थित गुरूङ खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा खाजा घर सञ्चालक लमजुङ बन्दिपुर घर भएकी ५० वर्षीया विशु गुरूङसहितका छन्। प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७३ हजार ४ सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया


