सामाजिक सञ्जालमा मतदान सम्बन्धी प्रश्न सोध्न रोक, निर्वाचन आचारसंहिता उल्लंघन गरे कारबाही हुने चेतावनी
निर्वाचन आचारसंहिता अनुगमनको कार्यालय झापाले सामाजिक सञ्जाल अनुगमन कडा बनाएको छ । फेसबुक, युट्युब लगायतका प्लेटफर्ममा ‘कुन पार्टी र चुनाव चिन्हमा मतदान गर्नुहुन्छ?’ जस्ता प्रश्न सोध्न प्रतिबन्ध लगाइएको छ । यस्ता प्रश्नले मतदाताको गोपनीयता भङ्ग गर्ने र आचारसंहिता उल्लंघन हुने ठहर गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी तथा अनुगमन अधिकृत तेजप्रसाद प्रसाइँ र अञ्जन न्यौपानेले सूचना जारी गर्दै उल्लंघन गरे कानुनअनुसार कारबाही हुने बताएका छन् । निर्वाचन आयोगको सामाजिक सञ्जाल र खर्च नियन्त्रणसम्बन्धी कडाइले झापा–५ का उम्मेदवार केपी शर्मा ओली र बालेन शाहजस्ता डिजिटल रूपमा प्रभावशाली नेताहरूलाई नयाँ चुनौती थपिएको छ ।

प्रतिक्रिया


