मकवानपुरमा लागूऔषधसहित बालिकासमेत ७ जना पक्राउ
Ai photo
हेटौंडा / गत १६ र १७ गते जिल्ला प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच गर्ने क्रममा शंका लागी रितपूर्वक खानतलासी गर्दा प्रतिबन्धित लागूऔषधसहित एक बालिकासमेत गरी ७ जनालाई पक्राउ गरेको छ।
प्रहरीले मकवानपुर जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइन १ ग्राम ७८० मिलिग्राम र ट्रामाडोल २०० क्यापसुल बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई सम्मानित मकवानपुर जिल्ला अदालत, हेटौंडाबाट म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको छ।
पक्राउ पर्नेहरूमा:
-
मनहरी गाउँपालिका–३ का २३ वर्षीय जनक घलान र २२ वर्षीय सुदिप शर्माबाट खैरो हेरोइन ८५० मिलिग्राम,
-
हेटौंडा उपमहानगरपालिका–१२ निवासी २४ वर्षीय सुशिल गोलेबाट खैरो हेरोइन ७६० मिलिग्राम,
-
हेटौंडा उपमहानगरपालिका–११ का २४ वर्षीय श्रीकृष्ण बी.के.बाट ट्रामाडोल २०० क्यापसुल,
-
हेटौंडा उपमहानगरपालिका–१ को १८ वर्षीय एनोस मगरबाट खैरो हेरोइन ५० मिलिग्राम,
-
हेटौंडा उपमहानगरपालिका–३ को २१ वर्षीय परिना मगर र एक बालिकाबाट खैरो हेरोइन १२० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार लागूऔषध कारोबार नियन्त्रणका लागि नियमित अनुगमन र चेकजाँचलाई थप कडाइ गरिएको जनाएको छ।


