२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, तोकियो निर्वाचन परिचालन सम्बन्धी जिम्मेवारी

पालिका डायरी
१२ माघ २०८२, १०:५७
२ हजार २५ सदस्यीय निर्वाचन परिचालन समिति गठन, तोकियो निर्वाचन परिचालन सम्बन्धी जिम्मेवारी

हेटौंडा /  नेकपा एमाले जिल्ला कमिटी मकवानपुरको बैठकले मकवानपुर इन्चार्ज तथा प्रतिनिधिसभाका उम्मेदवार रामेश्वर रानाको संयोजकत्वमा २ हजार २५ सदस्यीय प्रतिनिधिसभा निर्वाचन परिचालन समिति–२०८२ गठन गरेको छ।

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि परिचालन समितिमा केन्द्रीय कमिटी सदस्य, केन्द्रीय निकायका सदस्य, प्रदेश कमिटी तथा प्रदेश निकायका सदस्य, जिल्ला कमिटी सदस्यहरू, जिल्ला लेखा कमिटी सदस्यहरू, जिल्ला सल्लाहकार सदस्यहरू, ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, पालिका तथा इलाका कमिटीका सदस्यहरू, पालिका लेखा कमिटी सदस्यहरू, वडा कमिटीका पदाधिकारीहरू, निर्वाचित जनप्रतिनिधिहरू, जनसंगठनका केन्द्र, प्रदेश, जिल्ला तथा पालिकाका पदाधिकारीहरू, स्ववियुमा निर्वाचित पदाधिकारी र सदस्यहरू जिल्ला निर्वाचन परिचालन कमिटीमा रहेका छन्।

निर्वाचन परिचालन कमिटीको सचिवमा पार्टी जिल्ला उपाध्यक्ष हिदम लामा रहनु भएको छ भने ७७ सदस्यीय निर्वाचन परिचालन कमिटीको सचिवालय समिति गठन गरिएको जिल्ला उपाध्यक्ष हिदम लामाले जानकारी दिनुभयो।

पूर्व मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा निर्वाचन परिचालन अनुगमन समिति गठन गरिएको छ। प्रतिनिधिसभा १ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक एकालाल श्रेष्ठ, सह–संयोजक नवीन सिग्देल र कमल विष्ट, सचिव अनिल बानियाँ तथा प्रतिनिधिसभा २ नं. क्षेत्र निर्वाचन परिचालन समितिको संयोजक भारती पाठक, सह–संयोजक बलराम बल र राजाराम स्याङ्तान तथा सचिव मेम्मर लालाई जिम्मेवारी दिइएको छ।

निर्वाचन परिचालनको प्रचार समिति संयोजक नवीन सिग्देल, अनन्त पौडेलको संयोजकत्वमा निर्वाचन घोषणापत्र निर्माण समिति, आर्थिक व्यवस्थापन संयोजक गोपाल श्रेष्ठ, प्रशासनिक संयोजन हिदम लामा, जनसांस्कृतिक संयोजक देवराज रिमाल, प्रचार सामग्री व्यवस्थापन संयोजक सीता विष्ट, कार्यालय सञ्चालन व्यवस्थापन आरती पाठक, भूगोल बाहिर रहेका मतदाता समन्वय समिति संयोजक फूर्वा दोर्जे लामा, कानुनी परामर्श संयोजक मदन दाहाल, उम्मेदवार फोकल पर्सन १ नं. क्षेत्र दिलु घर्ती र २ नं. क्षेत्र आशिष अस्लामी रहनु भएको जानकारी गराइएको छ।

बैठकले १० वटा पालिका, २ इलाका कमिटी र १ सय २ वटा वडामा समेत निर्वाचन परिचालन समितिका संयोजक, सह–संयोजक र सचिव तोकेको छ। साथै, माघ महिनाभित्र सबै जनसंगठनका जिल्ला तथा पालिकास्तरमा निर्वाचन सहयोग समिति बनाउने र १० पालिका, २ इलाका तथा १ सय २ वडामा निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गरी कार्य अगाडि बढाउने निर्णय गरेको उपाध्यक्ष लामाले जानकारी दिनुभयो।

जिल्ला उपाध्यक्ष हिदम लामाको अध्यक्षतामा बसेको बैठकमा पार्टी केन्द्रीय सचिव महेश बस्नेतको प्रमुख आतिथ्यता, केन्द्रीय सदस्यहरू रामेश्वर राना, महेशकुमार बर्तौला, भारती पाठक, एकालाल श्रेष्ठ, केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देल, प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुङ्गेल, प्रदेश कमिटीका उपसचिव भक्तकुमारी लामा लगायत प्रदेश कमिटीका सदस्यहरूको आतिथ्यता रहेको थियो।

प्रतिक्रिया