१ सय २१ किलो चरेससहित दुई जना पक्राउ

पालिका डायरी
७ माघ २०८२, १७:२८
१ सय २१ किलो चरेससहित दुई जना पक्राउ

हेटौंडा /  मकवानपुरको थाहा नगरपालिका–१०, टौखेल क्षेत्रमा चरेस ओसारपसार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दा ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

गत   ६ गते मंगलबार  करिब ५ बजे टौखेलबाट मार्खु तर्फ जाँदै गरेको बा.प्र.०३००१ ह १५०७ नम्बरको अटो चेकजाँच गर्ने क्रममा इलाका प्रहरी कार्यालय पालुङ तथा चित्लाङबाट खटिएको संयुक्त प्रहरी टोलीले अटोभित्र १२ वटा रबरको डिब्बामा लुकाई छिपाई ल्याइएको १२१.४६ केजी चरेस बरामद गरेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीले अटो चालक  थाहा नगरपालिका–४, रुप्से का २९ वर्षीय घनश्याम बल तामाङ र  कैलाश गाउँपालिका–५ का वर्ष २१ का सानुकान्छा थिङलाई नियन्त्रणमा लिएको छ।

उनीहरूलाई सम्मानित मकवानपुर जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया