एमालेबाट मकवानपुर १ मा रामेश्वर राना र २ मा महेश बर्तौलाको मनोनयन दर्ता
हेटौंडा / आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएको छ ।
मकवानपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट एमालेका उम्मेदवार रामेश्वर रानाले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गरेका छन् । रानाको उम्मेदवारी दर्तामा गोपालप्रसाद दाहाल प्रस्तावक र इन्द्रमान स्याङ्तान समर्थक रहेका छन् ।
त्यसैगरी, मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट एमालेका तर्फबाट पूर्व सांसद महेश बर्तौलाले उम्मेदवारी दर्ता गराएका छन् । बर्तौलाको प्रस्तावकमा राजाराम स्याङ्तान र समर्थकमा सुवासचन्द्र ठकुरी रहेका छन् ।
प्रतिक्रिया


