दुर्गा प्रसाईं पोखराबाट पक्राउ

पालिका डायरी
५ माघ २०८२, १७:१५
file photo

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ का अध्यक्ष दुर्गा प्रसाईं पक्राउ परेका छन्। मेडिकल व्यवसायी प्रसाईं सोमबार पोखराबाट पक्राउ परेका हुन्।

नेपाली कांग्रेसको विवादमा प्रसाईंले निर्वाचन आयोगले करोडौं रुपैयाँ लिएर गगन थापा पक्षलाई आधिकारिकता दिएको आरोप लगाएका थिए।
प्रसाईंको यो अभिव्यक्तिपछि आयोगले प्रसाईंविरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

उनलाई काठमाडौँ पठाउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ। राजावादी अभियन्ता प्रसाईंले केही समयअघि विभिन्न माग राखी निर्वाचन बहिष्कार गर्ने चेतावनी दिँदै आएका थिए।

तर, माघ २ गते (बिहीबार) उनको समूह र सरकारबीच सहमति भएको थियो। सिंहदरबारमा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेसँगै महाभियानले आफ्ना सम्पूर्ण आन्दोलनका कार्यक्रमहरू तत्कालका लागि स्थगित गरेको थियो।

प्रतिक्रिया