राप्रपाबाट मकवानपुर १ मा सिंह, २ मा थोकर
हेटौंडा / आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मकवानपुरको दुवै क्षेत्रको उम्मेदवार टुंग्याएको छ । मकवानपुर–१ मा दीपक बहादुर सिंह उठ्ने भएका छन् भने क्षेत्र नम्बर २ मा रामबहादुर थोकरलाई अघि सारिएको छ।
गत निर्वाचनमा मकवानपुर–१ बाटै निर्वाचित भएका सिंह यसै क्षेत्रमा दोहोरिन लागेका हुन्। २०७९ को निर्वाचनमा २७ हजार ८१६ मत प्राप्त गरेर विजयी भएका उनले सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली कांग्रेसकी तत्कालिन सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीनालाई पराजित गरेका थिए। डीनाले २५ हजार ४३४ मत प्राप्त गर्दा एमालेका उम्मेदवार कमल थापाले २५ हजार ४२० मत मात्रै प्राप्त गरे ।
आउँदो निर्वाचनका लागि यस क्षेत्रमा नेकपा एमालेले रामेश्वर रानालाई टिकट दिइएको छ। कांग्रेस र नेपाली कक्म्युनिस्ट पार्टी (नेकपा) ले भने अझै उम्मेदवार टुंगो लगाएको छैन ।


