भीमफेदी–कुलेखानी सडकमा कार दुर्घटना, तीन जना घाइते
हेटौंडा / मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका–६, जुरिखेतस्थित भीमफेदी–कुलेखानी–काठमाडौँ सडक खण्डमा आज दिउँसो करिब २ बजेको समयमा कार दुर्घटना भएको छ।
हेटौंडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१-०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटनामा परेको हो। दुर्घटनामा कार चालकसहित तीन जना घाइते भएको मकवानपुर प्रहरीले जनाएकाे छ।
घाइतेहरूको तत्काल उद्धार गरी उपचारका लागि भीमफेदी अस्पताल पठाइएको छ। अस्पताल स्रोतका अनुसार घाइतेहरूको अवस्था सामान्य रहेको जनाएकाे छ। दुर्घटनाग्रस्त कार घटनास्थलमै रहेको र दुर्घटनाका कारण सडक अवरोध भने नभएको प्रहरीले जनकारी दिएकाे छ ।
घटनाकाे थप विवरण आउन बाँकी रहेकाे छ ।
प्रतिक्रिया


