लगातार बढ्यो सुनको मूल्य, आज कति?
स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । विगत पाँच दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज पनि बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार सुन तोलामा ७०० बढेर दुई लाख ७७ हजार २०० रुपैयाँ र चाँदी १६० रुपैयाँ बढेर पाँच हजार ६४५ कायम भएको छ । बिहीबार सुन दुई लाख ७६ हजार ५०० र चाँदी पाँच हजार ४८५ मा कारोबार भएको थियो ।
प्रतिक्रिया



