खाडलमा जमेको पानीमा डुबेर ३ वर्षीय बालकको मृत्यु

पालिका डायरी
१४ पुष २०८२, ०८:३१
काठमाडौंमा घरको पाँचौं तलाबाट खसेर बालिकाको मृत्यु

झापाको झापा गाउँपालिका–२ सडकवारीमा पानीमा डुबेर आज एक बालकको मृत्यु भएको छ ।

घरअगाडि बनेको खाल्डोको पानीमा खेल्ने क्रममा डुबेर घाइते भएका बालकको उपचारका क्रममा मृत्यु भएको हो । स्थानीय दिनेश कँडेलका तीन वर्षीय छोरा दिवांस कँडेल आइतबार अपराह्न घरअगाडि पानी जमेको खाल्डोमा डुबेका थिए ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बालकलाई तत्काल बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

 

प्रतिक्रिया