कैलाश गाउँपालिकाका अम्बर मुक्तानले भारतमा ३ पदक जिते

पालिका डायरी
१२ पुष २०८२, २१:२२

भारतको वेस्ट बङ्गालस्थित कालिम्पोङमा डिसेम्बर २१ र २२ मा सम्पन्न तेस्रो कालिम्पोङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा कैलाश गाउँपालिकाका अम्बर मुक्तानले नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका छन्।

उनले सिनियर पुम्से विधामा दोस्रो, सिनियर पुम्से पेयर विधामा दोस्रो र सिनियर स्पिड किक विधामा तेस्रो स्थान हासिल गर्दै नेपालका लागि ३ पदक जित्न सफल भएका थिए।

अम्बर मुक्तानको स्थायी घर कैलाश गाउँपालिका वडा नम्बर ६ पकनी भए पनि हाल उनी काठमाडौंमा बसोबास गर्दै आफ्नो खेल क्षेत्रलाई निरन्तर अगाडि बढाउँदै आएका छन्। उनले यसअघि पनि भारतका विभिन्न सहरहरूमा आयोजित प्रतियोगिताहरूमा सहभागी भई नेपालको लागि पदक जितिसकेका छन्।

मुक्तान हाल नागार्जुन नगरपालिका–७ रामकोटस्थित थ्री ब्रदर तेक्वान्दो डोजाङका डोजाङ प्रमुख हुन्। साथै, उनी राष्ट्रिय रेफ्री तथा प्रशिक्षकसमेत रहेका छन्।

प्रतिक्रिया