एमाले महाधिवेशनमा मकवानपुरबाट ओली प्यानलका पाँचै उम्मेदवार निर्वाचित
नेकपा (एमाले) को एघारौँ महाधिवेशनमा उम्मेदवार बनेका मकवानपुरका पाँचै नेता निर्वाचित भएका छन्।
केपी शर्मा आली प्यानलबाट उम्मेदवार बनेका ४ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार, महेशकुमार बर्तौला, रामेश्वर राना, भारती पाठक र एकालाल श्रेष्ठ विजयी भएका छन्। बर्तौलाले १ हजार ५३९, रानाले १ हजार ४९८, पाठकले १ हजार ९१५ र श्रेष्ठले १ हजार ५०९ मत प्राप्त गरेका छन्।
बर्तौला, राना र पाठक केन्द्रीय सदस्यमा दोहोरिएका हुन् भने श्रेष्ठ प्रदेश कमिटीबाट केन्द्रमा फड्को मारेका हुन्।
यस्तै, लेखा आयोग सदस्यमा नवीन सिग्देल निर्वाचित भएका हुन्। उनले १ हजार ६१४ मत प्राप्त गरेका छन्।
लेखा आयोग सदस्यमा निर्वाचित भएका सिग्देल एमाले मकवानपुरका पूर्व सचिव हुन्। यो सँगै मकवानपुरबाट दुई नयाँ अनुहारले केन्द्रीय कमिटीको यात्रा तय गरेका छन्।


