ओली प्यानलमा मकवानपुरबाट ४ नेताको उम्मेदवारी

पालिका डायरी
२९ मंसिर २०८२, १२:१९

नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको लागि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा मकवानपुरबाट ४ जनाको उम्मेदवारी रहने भएको छ।

सार्वजनिक उम्मेदवारको सूचिमा मकवानपुरबाट ४ जनाको नाम समेटिएको छ। जसमा बागमती प्रदेश भुगोलतर्फको केन्द्रीय सदस्यमा रामेश्वर राना, आदीबासी जनजाती कोटातर्फको केन्द्रीय सदस्यमा एकालाल श्रेष्ठ, खुला ९युवा० तर्फबाट महेश बर्तौला र खुला महिला कोटाबाट भारती पाठक ओली प्यानलको केन्द्रीय सदस्यको उम्मेदवार बन्ने भएका हुन्।

राना, बर्तौला र पाठक पुनः केन्द्रीय सदस्यमा दोहोरिन लागेका हुन् भने श्रेष्ठ एमाले बागमती प्रदेश कमिटी सदस्यबाट केन्द्रीय कमिटीमा डेब्यु गर्न लागेका हुन्।

 

प्रतिक्रिया