९५ हजार नक्कली नोटसहित युवक पक्राउ
AI Photo
सर्लाही प्रहरीले एक युवकलाई ९५ हजार रुपैयाँ नक्कली नोटसहित पक्राउ गरेको छ ।
भारतबाट नेपाल आउँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय सिमरा फेन्हारा सर्लाहीको टोलीले गएराति उनलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सर्लाहीको कौडेना गाउँपालिका- ५ छपकैया बस्ने करिब ३० वर्षीय फिरोज खान रहेका छन् । उनले पछाडीको गोजीमा राखेको अवस्थामा एक हजार दरका ९५ थान नक्कली नोट फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका बरिष्ठ हबलदार राहुल मिया धोबीको कमाण्डमा खटिएको टोलीले जाँच गर्ने क्रममा भारततर्फबाट सिमरातर्फ आउँदै गरेको अवस्थामा अनटेस्ट मोटरसाइकलसहित खानलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रतिक्रिया



