नेपाल जेसीजको राष्ट्रिय उपाध्यक्ष पदमा पालुङका माधव कार्कीको उम्मेद्वारी
नेपाल जेसीज बर्ष २०२६ को लागि राष्ट्रिय उपाध्यक्ष पदमा पालुङ जेसीज बर्ष २०२५ का अध्यक्ष माधव कार्कीले उम्मेद्वारी दिएका छन् ।
राष्ट्रिय उपाध्यक्ष पदका उम्मेद्वार कार्कीले पालुङ जेसीजमा २०१५ मा जेसीज सदस्यता लिएका थिए । सन् २०१६ देखि २०१९सम्म साधारण सदस्य रहेका कार्कीले २०२० मा भरत–रत्न छात्रबृत्ति कार्यक्रमको कार्यक्रम संयोजकको भूमिका निभाएका थिए ।
कार्कीले पालुङ जेसीजको सन् २०२१ मा उपाध्यक्ष, २०२२ मा शाखा सम्पादक, २०२३मा कोषाध्यक्ष र बर्ष २०२५ मा शाखा अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पुरा गरेका छन् ।
मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा अबस्थित थाहा नगरपालिका वडा नम्बर २ मा स्वर्गीय पिता श्याम बहादुर कार्की र माता राधादेबि कार्कीको कोखबाट मिति २०४९ सालमा जन्मेका कार्की सामाजिक कार्यमा सक्रिय छन् ।
कार्की होमस्टे महासङको केन्द्रिय सचिवालय सदस्य, मुक्तिनाथ हरियाली कृषि सहकारी सस्था थाहा २ को अध्यक्ष, पाथीभरा क्षेत्र संरक्षण समिति थाहा २ का अध्यक्ष, डाडाघरे बा को होमस्टेको संचालक, डाडाघरे कृषि तथा एग्रो टुरिजमको प्रोपाइटर, लायन्स क्लव आफ थाहा पिसका सदस्य, थाहा नगर होटेल एसोसियसनका वरिष्ठ उपाध्यक्ष एवम् होमस्टे सम्वन्धी कुशल र अनुभबी प्रशिक्षक समेत हुन् ।
नेपाल जेसीज बर्ष २०२६ का लागि राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेद्वारी दिएपछि कार्कीले लालखवरलाई प्रतिक्रिया दिँदै पालुङ जेससीजलाई देशभर परिचित गराएर थाहा नगरको विकासमा अन्य क्षेत्रको अभ्यास र अनुभवलाई अध्ययन गरी थाहा नगरमा कार्यान्वयनका लागि पहल गर्ने आफ्नो भूमिका रहने बताए ।
उनले जेसीज युवाहरुको क्षमताको विकासंगै सामाजिक नेतृत्वमा अगाडि बढाउने संस्था भएको बताए । कार्कीले आफू नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष बन्ने अभियानमा समेत रहेकोले यस बर्ष उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताए ।
नेपाल जेसीजको जनकपुरमा पौष ४ गतेदेखि ७ गतेसम्म आयोजना हुने ५२ औं महाधिवेशनले बर्ष २०२६ का लागि नया नेतृत्वसहितका कार्य समिति चयन गर्नेछ ।



