छोरीद्वारा बुवाको हत्या, २७ वर्षीया युवती पक्राउ

पालिका डायरी
२३ मंसिर २०८२, १६:१४
मकवानपुरकी दुई महिला वीरगञ्जबाट पक्राउ

दैलेखमा आफ्नै बुवाको हत्या आरोपमा २७ वर्षीया युवती पक्राउ परेकी छन् ।

नौमुले गाउँपालिका ५ गजमालीका ६५ वर्षीय धनबहादुर रामजाली मगरको हत्या अभियोगमा उनकै छोरी तिर्सना रामजाली मगरलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

तिर्सनाले काठको चिरपट प्रहार गर्दा धनबहादुर गम्भीर घाइते भएका थिए । उनको प्राथमिक स्वास्थ्य केन्द्र नौमुलेमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनाको जानकारी पाउनासाथ प्रहरीले तिर्सनालाई पक्राउ गरेको हो ।

प्रतिक्रिया