एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद
file photo
सर्लाहीमा एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।
हरिवन नगरपालिका-५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज बिहान प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज. १ च १५५८ नम्बरको एम्बुलेन्स गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको हो ।
त्यसका चालक रौतहटको यमुनामाई गाउँपालिका-४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ । छुट्टै घटनामा लालबन्दी नगरपालिका-११ हिरापुरबाट लाबन्दी-१४ नारायणखोलाका २५ वर्षीय गङ्गाबहादुर वाइवालाई पनि ५२ किलो गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जानकारी दिएको छ ।
प्रतिक्रिया



