हेटौंडाबाट खैरो हेरोइनसहित तीन जना पक्राउ

पालिका डायरी
१९ मंसिर २०८२, १९:१३
पाँच राउण्ड गोली र लागूऔषधसहित दुई जना पक्राउ

हेटौंडा /  प्रहरीले बिहीबार (हिजो) साँझ करिब ७:३० बजे हेटौंडा उपमहानगरपालिका–३ लेवटचोकबाट तीन जनालाई पक्राउ गरेको छ ।

लेवटस्थित कोपिला मिश्रको घरमा डेरा गरी बस्ने केही व्यक्तिहरूले कोठाभित्र लागुऔषध सेवन गरिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापामारी पक्राउ गरेको मकवानपुर प्रहरीले जानकारी दिएको छ । प्रहरी चौकी बसामाडी, लेवटबाट खटिएको टोलीले चेकजाँच तथा तलासी गर्ने क्रममा प्लास्टिकको पाउचमा रहेका २ पुरिया खैरो हेरोइन फेला पारेको जनाएको छ।

पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका ३ का ४० वर्षीय फडिन्द्र राज पुरी त्यसैगरी करिब ४० वर्षका स्थायी ठेगाना बकैया गाउँपालिका–७ छतिवन घर भइ  हाल हेटौंडा उपमहानगरपालिका–१९ सानान्टार बस्ने  शुवास खत्री र ३४ वर्षका, स्थायी ठेगाना मनहरी गाउँपालिका–५ हाडिखोला घर भइ हाल हेटौंडा उपमहानगरपालिका–११ नवलपुर बस्ने विनोद गुनी रहेको प्रहरीले जानकारी दिएको छ ।

फेला परेको लागुऔषधको तौल गर्दा ग्राम ४० मिलिग्राम रहेको प्रहरीले पुष्टि गरेको छ भने
बरामद गरिएको लागुऔषधसहित पक्राउ परेका व्यक्तिमाथि आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिक्रिया