मकवानपुरको थाहा नगरपालिका–२ देउला गाउँबाट सुरु भएको ३५० वर्ष पुरानो इन्द्रायणी माईको जात्रा यस वर्ष पनि धुमधामसँग मनाइँदैछ। बिहीबारदेखि सुरु भएको जात्रामा भगवान गणेश, इन्द्रायणी, कुमारी र कालाभैरवका रथहरू इन्द्रायणी मन्दिरमा ल्याइएपछि पूजापाठ प्रारम्भ गरिएको छ।
नेवार र देउला समुदायको संयुक्त परम्परामा आधारित यो जात्रा तीन दिनसम्म चल्ने गर्छ। आज दोस्रो दिन बिहान पूजाका कार्यक्रमहरू सञ्चालन भएका थिए भने जात्रा हेर्न आउनेहरूको बाक्लो उपस्थिति रहेको थियोे। दोस्रो दिन बाजागाजा गुञ्जिँदै, भक्तजनको भीडसँगै जात्रा स्थल इन्द्रायणी चौरमा उत्साहपूर्ण माहोल छ।
तस्बिरहरू 












