कांग्रेस सभापतिको उम्मेदवार बन्ने गगन थापाको घोषणा

पालिका डायरी
१७ मंसिर २०८२, १४:२६
सरकारले गति लिन सकेन, हामी सम्हालिनुपर्छ– गगन थापा file photo

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

हिमालय टेलिभिजनसँगको अन्तर्वार्तामा थापाले आफूले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। ‘म १५ औं महाधिवेशनको सभापतिको उम्मेदवार हो। मलाई के विश्वास छ भने- नेपाली कांग्रेसका बहुसंख्यक साथीहरूले १५ औं महाधिवेशनबाट मलाई यो ऐतिहासिक पार्टी नेतृत्व गर्ने जिम्मेवारी दिनुहुन्छ, विश्वास गर्नुहुन्छ भन्ने मलाई छ’ अन्तर्वार्तामा थापाले भनेका छन्।

कांग्रेस महाधिवेशन आगामी पुस २६-२८ गते हुँदैछ।

 

प्रतिक्रिया