बगुवामा पल्टिएको ट्रक हटाइएपछि सडक सुचारु

पालिका डायरी
६ मंसिर २०८२, ११:४८
हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ खुल्यो File Photo

मकवानपुरको भीमफेदी गाउँपालिका–८, बगुवा स्थित कान्तिलोकपथमा शनिबार बिहान पल्टिएको औषधि बोकेको ट्रक हटाइएपछि अवरुद्ध रहेको सडक सुचारु भएको छ।

बिहान करिब ५ बजेतिर बिरगंजबाट काठमाडौँतर्फ जाँदै गरेको ना ३ ख ३१९२ नम्बरको ट्रक ब्रेक फेल भई सडकमै पल्टिएपछि अहिले केही घण्टा सडक अवरुद्ध भएको थियो। इ

इप्रका ठिंगनका प्र.स.नि. रमाकान्त प्रसाद यादवको कमाण्डमा खटिएको प्रहरी तथा स्थानीयको सहयोगमा ट्रकलाई सडकबाट हटाउने कार्य सम्पन्न भएपछि कान्तिलोकपथ पूर्ण रूपमा सञ्चालनमा आएको हो।

ट्रक सडकको बीचमै पल्टिएको थियो, जसले गर्दा दुवै तर्फको यातायात रोकिँदा यात्रु तथा सवारीचालकलाई  असहजता भएको थियो । सडक सुचारु भएपछि अहिले यातायात सामान्य रूपमा सञ्चालनमा आएको  प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया