जेन-जी आन्दोलनमा फरार थाहाका बस्नेत पक्राउ, भिमफेदी कारागारमा बुझाइयो

पालिका डायरी
४ मंसिर २०८२, ११:१४
जेन-जी आन्दोलनमा फरार थाहाका बस्नेत पक्राउ, भिमफेदी कारागारमा बुझाइयो Ai photo

जेन-जी आन्दोलनकाे चर्को माहोल चलिरहेका बेला केन्द्रिय कारागार सुनधारा, काठमाडौंबाट फरार भएका कैदी भुपेन्द्र बस्नेत पक्राउ परेका छन् ।

प्रहरीका अनुसार ला.औ. खैरो हेरोइन मुद्दामा सजाय भोगिरहेका मकवानपुर थाहा नगरपालिका–९ बस्नेत टोलका ३२ वर्षीय भुपेन्द्र बस्नेत जेन-जी आन्दोलनको फाइदा उठाई कारागारबाट भागेका थिए ।

जेन-जी आन्दोलनका क्रममा काठमाडौँमा निरन्तर प्रदर्शन, प्रहरी–प्रदर्शनकारीबीच झडप, तथा सुरक्षा व्यवस्थामा देखिएको दबाबका कारण कैदीहरु फरार भएका थिए ।

इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको टोलीले गत मंसिर २ गते विशेष सूचनाका आधारमा बस्नेतलाई पक्राउ गरी नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ । फरार अभियुक्तलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारबाहीका लागि भिमफेदी कारागारमा बुझाइएको प्रहरीकाे भनाई छ ।

प्रहरीले अब बाँकी फरार व्यक्तिहरूको पनि खोजी तीव्र बनाएको जानकारी दिएको छ।

प्रतिक्रिया