हेटौंडामा स्कुटर दुर्घटना, दुई जना घाइते

पालिका डायरी
३ मंसिर २०८२, ११:२४
हेटौंडामा स्कुटर दुर्घटना, दुई जना घाइते Ai photo

हेटौंडा  /  हेटौडा उपमहानगरपालिका–३ तिनताप्केमा मंगलबार (हिजो) भएको स्कुटर दुर्घटनामा दुई जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गको लेवटबाट बस्तिपुरतर्फ जाँदै गरेको बा.प्र.०३–००५ प ३८१४ नम्बरको स्कुटर दुर्घटना हुँदा स्कुटर चालक र पछाडि सवार दुबैजना घाइते भएका हुन् ।

दुर्घटनामा हेटौंडा–१८ बस्नेम ३८ वर्षीय चालक कुमार जिम्बा टाउको र अनुहारमा चोट लागेर अवस्था मध्यम रहेको जनाइएको छ । त्यस्तै, स्कुटर पछाडि सवार ४३ वर्षीय बाबु तामाङको नाक र दाहिने गालामा चोट लागेको र अवस्था सामान्य रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएकाे छ ।

दुर्घटनापछि दुबैजनालाई उपचारका लागि हेटौडा अस्पताल पठाइएको थियो । चालक जिम्बाको अवस्था जटिल देखिएपछि उनलाई थप उपचारका लागि नयाँ मेडिकल कलेज, भरतपुर चितवन रेफर गरिएको छ।

उक्त दुर्घटनामा परेको स्कुटर प्रहरी चौकी बसामाडीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया