जेसीआई हेटौंडाद्वारा ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता–२०२५’ सम्पन्न

पालिका डायरी
१९ कार्तिक २०८२, १३:१७

जेसीज सप्ताह–२०२५ अन्तर्गत जेसीआई हेटौंडाले ‘अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता’ सम्पन्न गरेको छ।

बुधवार ‘भिजन, एक्सन, सक्सेस’ शीर्षकमा आयोजित कार्यक्रममा १२ जना जेसीज सदस्यहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सन्तोष पराजुली प्रथम भएका छन् भने संजय कुमार न्यौपाने द्वितीय घोषित भएका छन्। त्यस्तै, किरण आले र विवेक फुयाल तृतीय स्थानका सह–उपविजेता बनेका छन्।

कार्यक्रमको निर्णायक मण्डलमा सन् २००८ र २०१५ का शाखा अध्यक्ष क्रमशः कुश रिजाल र दिपक राज मिश्र रहेका थिए।

सन् २०२५ का शाखा अध्यक्ष पंकज दास बानियाको सभाध्यक्षतामा सम्पन्न वक्तृत्वकला प्रतियोगिताको संयोजक सृजन राज बज्राचार्य रहेका थिए भने सन् २००१ का पूर्व शाखा अध्यक्ष धर्मकृष्ण श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए।

जेसीज सप्ताहको क्रममा यसअघि रक्तदान तथा स्लो मोटरसाइकल रेस प्रतियोगिता सम्पन्न भइसकेको र आगामी दिनमा अन्य सामाजिक एवम् व्यक्तित्व विकासमुखी कार्यक्रमहरू सञ्चालन गरिने जेसीआई हेटौंडाका महासचिव न्यौपानेले जानकारी दिएका छन्।

प्रतिक्रिया