मनहरीमा ग्यास बुलेट र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, दुई घाइते

पालिका डायरी
१० कार्तिक २०८२, १२:१०
accident

हेटौंडा /  मकवानपुरकाे मनहरी गाउँपालिका–७ लचकास्थित पूर्व–पश्चिम राजमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

दुर्घटनामा स्कुटर चालक सिन्धुपालचोककाे चौतारा साँगाचोकगढी नगरपालिका–५ निवासी ३० वर्षीय केदार श्रेष्ठको उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।

आज बिहान करिब ९:२५ बजे चितवनबाट मनहरीतर्फ आउँदै गरेको बा.प्र.२–०५७ प ३२३० नं.को स्कुटरलाई सोही दिशातर्फबाट आउँदै गरेको NL01N0280 नं.को ग्यास बुलेटले ठक्कर दिएको मकवानपुर प्रहरीले जनाएको छ।

स्कुटरमा सवार श्रेष्ठकी श्रीमती २८ वर्षीया सरस्वती श्रेष्ठ गम्भीर घाइते भई हाल एलाईभ अस्पताल, चितवनमा उपचाररत छिन्। उनीकाे टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको बताइएको छ।

त्यस्तै, स्कुटरमा उनीहरूसँगै रहेका २ वर्षका छोरा प्रविन श्रेष्ठको अवस्था भने सामान्य रहेको र आमासँगै चितवनस्थित अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

ठक्कर दिने ग्यास बुलेटका चालक भारत बिहारका ५५ वर्षीय मोहम्मद मतिनलाई इलाका प्रहरी कार्यालय मनहरीले नियन्त्रणमा लिएरकाे छ ।  प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया