केपी ओलीका लागि ‘ओलीकुटी’ बनाइदिने महेश बस्नेतको घोषणा
नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले अध्यक्ष केपी शर्माका लागि भक्तपुरको गुन्डुमा ‘ओलीकुटी’ बनाउने घोषणा गरेका छन्।
‘गुन्डुवासीको भावनात्मक पहल, अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माणको संकल्प’, बस्नेतले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘स्थानीयले आफ्नै पहलबाट घर बनाउन पहल लिएका छन्। म आफू संयोजकको भूमिकामा रहनेछु। ओलीकुटी कस्तो देखिन सक्छ भनेर अहिले नै फोटो संकलन सुरु भइसकेको छ। देशभरबाट सुझाव र समर्थन आउँदै छ।’
प्रतिक्रिया



