जिप दुर्घटना हुँदा गाडी धनीको मृत्यु, चालक भागे

पालिका डायरी
७ कार्तिक २०८२, १२:३५

दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा परी जिपका मालिक ३४ वर्षीय करबिरसिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए।

जिप कसले चलाएको र कसरी दुर्घटना भयो भन्नेबारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ।  जिप चालकको खोजी गर्न इलाका प्रहरी कार्यालय लटिनाथबाट प्रहरी  टोली घटना स्थलतर्फ गएको छ।

प्रतिक्रिया