काठमाडौँ आदै गरेको गाडी रामेछापमा पल्टियो

पालिका डायरी
२ कार्तिक २०८२, १५:५३

रामेछापमाबाट काठमाडौँ आदै गरेको टाटासुमो गाडी दुर्घटनामा परेको छ।

चालकसहित चारजना सवार गाडी दुर्घटनामा परे पनि सबै यात्रु सकुशल रहेका प्रहरीले जनाएको छ।

आज बिहान रामेछापको सुनापति गाउँपालिका- ३ स्वाराबाट काठमाडौँ तर्फ आउँदै गरेको मे.१ ज २२८४ नम्बरको गाडी सुनापति ४ काे डम्फु पार्कको ओरालोमा दुर्घटनामा परेको हो।

गाडी दुर्घटनामा परे पनि चालक धनबहादुर मगरसहित चारैजना यात्रु सकुशल रहेका प्रहरीको भनाई छ।

प्रतिक्रिया