सुनको मूल्यमा लगातार ‘रेकर्ड ब्रेक’, आज पनि उच्च वृद्धि

पालिका डायरी
३१ आश्विन २०८२, १२:१४
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनको मूल्यमा आज पनि उच्च वृद्धि भएको छ।

आज तोलामा सात हजार एकसय रुपैयाँ बढेर सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।

हिजो सुनको मूल्य तोलामा दुई हजार रुपेयाँ बढेर दुई लाख ५० हजार नौसय रुपैयाँ पुगेको थियो। विगत केही दिनदेखि सुनको मूल्य लगातार बढिरहेको छ। गएको मंगलबार तोलामा आठ हजार एकसय रुपैयाँ बढेको सुनको मूल्य बुधबार तोलामा चारसय रुपैयाँ बढेर दुई लाख ४८ हजार नौसय रुपैयाँ थियो।

यसअघि गएको सोमबार सुनको मूल्य तीन हजार रुपैयाँ बढेको थियो भने आइतबार तोलामा दुई हजार चारसय रुपैयाँ बढेको थियो। गएको मंसिर १० गते एकैदिनमा सुनको मूल्य तोलामा १५ हजार नौसय रुपैयाँले घटेको थियो। त्यतिबेला सरकारले भन्सारदर घटाएपछि व्यापक घटेको सुनचाँदीको भाउ अहिले फेरि उच्च भएको हो।

चाँदीको मूल्य पनि आज बढेको छ। चाँदीको मूल्य आज तोलामा ७५ रुपैयाँ बढेर तीन हजार तीनसय ५० पुगेको छ।

प्रतिक्रिया