राप्ति खोलाको बगरमा बेवारिसे शव फेला
हेटौंडा / हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित राप्ति खोलाको बगरमा एक जनाको शव फेला परेको छ।
साेमबार साँझ बस्तिपुरबाट भुद्रुङतर्फ जाने नयाँ पुलमुनि खोलाको बगरमा अन्दाजी २५–३० वर्षको पुरुषको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ। मृतक मागी खाई हिँड्ने जस्तो देखिने र हालसम्म उनको नाम, थर र वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी प्राप्त भएपछि इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरको टोली घटनास्थल पुगेको थियो। प्रहरीले साँझ करिव ७ बजे मुचुल्का कार्य सम्पन्न गरी शव पोष्टमार्टमका लागि शवलाई हेटौंडा अस्पताल मकवानपुर पठाएको जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया



