५ दिनदेखि सुनको मूल्यमा लगातार ‘रेकड ब्रेक’, चाँदी पनि हालसम्मकै महँगो

पालिका डायरी
२३ आश्विन २०८२, ११:४३
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

आज सुनचाँदीकै मूल्य बढेको छ। दुवै धातुको मूल्यले आज अहिलेसम्मकै उच्च मूल्यको रेकर्ड कायम गरेको छ।

गएको पाँच दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य आज तोलाको १२ सय रुपैयाँ बढेर दुई लाख ३९ हजार दुईसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको यो मूल्य हालसम्मकै सबैभन्दा धेरै हो। हिजो सुन प्रतितोला दुई हजार ६ सय रुपैयाँ बढेको थियो। गएको आइतबारदेखि लगातार बढ्दै आएको सुनको मूल्यमा दिनहुँ उच्च मूल्यको नयाँनयाँ रेकर्ड बनिरहेको छ।

गएको आइतबार सुनको भाउ तोलामा सात हजार, सोमबार दुई हजार पाँचसय र मंगलबार दुई हजार तीनसय रुपैयाँ बढेको थियो।  आज चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला ६५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार २५ रुपैयाँ पुगेको महासंघले जनाएको छ।

प्रतिक्रिया