‘जेनजी’ आन्दोलनबाट बनेको सरकारको मुख्य कार्यादेश– तोकिएको समयमा निर्वाचन : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल बुधबार राष्ट्रिय समाचार समिति (रासस) केन्द्रीय कार्यालय निरीक्षण तथा अवलोकन पश्चात् आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ‘जेनजी’ आन्दोलनको जगबाट बनेको वर्तमान सरकारको पहिलो र प्रमुख जिम्मेवारी तोकिएको समयमै प्रतिनिधिसभा निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन् ।
उनले आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीमा सबै राजनीतिक दल, नागरिक समाज तथा सञ्चार जगतले सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिए । निर्वाचनका लागि वातावरण निर्माणमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले पूर्ण प्रतिबद्धता जनाएको जानकारी दिँदै मन्त्री खरेलले सञ्चारमाध्यमबाट सहयोगको अपेक्षा गरे ।
उनका अनुसार निर्वाचनका साथै सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, आन्दोलनका क्रममा भएको क्षतिको छानबिन तथा प्राकृतिक विपद्पछि राहत–पुनःस्थापनासमेत सरकारको म्यान्डेटमा पर्ने बताएका छन् ।
प्रतिक्रिया



