घरायसी विवादमा श्रीमतीको हत्या

पालिका डायरी
२२ आश्विन २०८२, १०:२२
लोहोरोले हानेर श्रीमतीको हत्या गर्ने पक्राउ

नुवाकोटमा एक पुरुषले पत्नीको हत्या गरेका छन् ।

घरायसी विवादका क्रममा शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका हुन् ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ जीतमानले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् । सविनाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया