सुनको भाउ २ दिनमै १० हजार बढ्यो, मूल्यमा नयाँ कीर्तिमान

पालिका डायरी
२० आश्विन २०८२, ११:२६
सुनको भाउ बढ्यो, चाँदीको घट्यो

सुनचाँदीको मूल्यले आज नयाँ कीर्तिमान कायम गरेको छ । प्रतितोला दुई हजार पाँचसय रुपैयाँ बढेर सुनको मूल्य आज दुई लाख ३३ हजार एकसय रुपैयाँ पुगेको छ । यो मूल्य हालसम्मकै सबैभन्दा बढी हो।

हिजो सुनको मूल्य तोलाको दुई लाख ३० हजार ६ सय थियो ।  असोज १२ गतेपछि आइतबार पहिलो पटक मूल्य निर्धारण हुँदा सुनको भाउ तोलाको ७ हजार चारसय रुपैयाँ बढेको थियो । सुनको मूल्य हिजो र आज गरेर नौ हजार नौसय रुपैयाँ बढेको छ ।

यसअघि असोज १२ गते सुनको मूल्य तोलामा २ लाख २३ हजार २०० रुपैयाँ थियो । त्यसयता आइतबार मात्रै सुनको मूल्य निर्धारण भएको हो ।

आज चाँदीको मूल्य पनि उच्च भएको छ । प्रतितोला चाँदीको मूल्य आज दुई हजार नौसय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदीको मूल्य २ हजार ९३० रुपैयाँ थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो।

प्रतिक्रिया