सुख्खा पहिरोका कारण कान्तिलोकपथ सडक अवरुद्ध

पालिका डायरी
१९ आश्विन २०८२, १२:५२
सुख्खा पहिरोका कारण कान्तिलोकपथ सडक अवरुद्ध

हेटौंडा /  मकवानपुर जिल्लाको बकैया गाउँपालिका–११ घट्टेपाखा स्थित कान्तिलोकपथ सडक खण्डमा सुख्खा पहिरो खसेपछि बाटो पूर्ण रूपमा अवरुद्ध भएको छ।

असोज १९ गते (आज ) बिहान करिब ११:३० बजे  सुख्खा पहिरो खसेपछि सवारी आवागमन पूर्ण रूपमा रोकिएको मकवानपुर प्रहरीले जनाएको छ।

घटनापछि प्रहरी टोली घटनास्थलमा खटिइ गएको छ। सडक विभागसँग समन्वय गर्दै पहिरो हटाउने तथा सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खसेको स्थानमा ठूलो परिमाणमा माटो र ढुंगामाटो सडकमा थुप्रिएको कारण बाटो खुलाउन केही समय लाग्ने अनुमान गरिएको छ।

प्रतिक्रिया