धादिङको बाँदरेमा पहिरो, मुग्लिनमा सबै सवारी साधन होल्ड

पालिका डायरी
१९ आश्विन २०८२, १२:३५

पृथ्वीराजमार्गको मुग्लिन हुँदै काठमाडौँ जाने सबै सवारीलाई त्यहीँ होल्ड गरिएको छ ।

ट्राफिक व्यवस्थापन सामान्य बनाउन चितवन, पोखरा, तथा अन्य क्षेत्र हुँदै मुग्लिन आएका सबै सवारीलाई मुग्लिनमै होल्ड गरिएको प्रहरीले जनाएकाे छ ।

धादिङको बेनिघाट रोराङ गाउँपालिकाको बाँदरेमा पहिरो खस्दा सडक दुईतर्फ नै अवरुद्ध भएकाे छ ।  पहिरो क्षेत्रमा सवारी चाप हुन नदिन मुग्लिनमै सवारी होल्ड गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

प्रतिक्रिया