इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

पालिका डायरी
१९ आश्विन २०८२, ११:२४
इलाममा पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुग्यो

बाढी पहिरोमा परी इलाममा १८ जनाको मृत्युको पुष्टि भएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या बढ्दै गए पनि अहिलेसम्म १८ जनाको पुष्टि भएको छ ।

इलामको सूर्योदय नगरपालिका वडा नम्बर १  मानेभञ्ज्याङमा ५ जनाको मृत्यु भएको छ । माङ्सेबुङ गाउँपालिका १ पाटी गाउँमा ३ जनाको मृत्यु भएको छ । देउमाई नगरपालिका ५ ढोरेमा १ जना,  देउमाई नगरपालिका ५ धुसुनेमा २ जनाको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै फाकफोकथुम गाउँपालिका रातमाटेमा १ जना, इलाम नगरपालिका घोसगाउँमा ६ जनाको मृत्यु पुष्टि भएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ध्रुवकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै माङ्सेबुङ गाउँपालिका १ मा एक जना गर्भवती सहित २ जना गम्भीर भएपछि उनीहरूको उद्धारका लागि नेपाली सेनाको टोली घटनास्थलतर्फ गएको  तर मौसम खराबका कारण समस्या भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया