कोसी ब्यारेजको पुलमै उक्लियो बाढी, सबै ५६ वटै ढोका खोलियो

पालिका डायरी
१९ आश्विन २०८२, ११:००

सुनसरीको कोसी ब्यारेजमा पानीको बहाब ४ लाख ८६ हजार नाघेको छ । सप्तकोसी नदीमा रहेको ब्यारेजको पुलमै पानी उक्लिएको सुरक्षा अधिकारीहरूले जनाएका छन् ।

बिहान साढे १०ः३० मा पानीको बहाब ४ लाख ८६ हजार ७६० क्युसेक प्रतिघण्टा मापन गरिएको छ । कोसी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएका छन् ।

प्रदेश प्रहरी कार्यालयका अनुसार पानीको बहाब बढेसँगै दुवै नहरको पानी बन्द गराइएको छ । सप्तकोसी नदीको बाढीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई होसियारी अपनाउन भनिएको छ ।

ब्यारेजमा सवारीसाधन तथा मानिस आवतजावतमा राेक लगाइएको छ । गत वर्षकाे असाेजमा पानीकाे बहाब प्रतिसेकेन्ड ५ लाख ५७ हजार क्यूसेक मापन भएको थियाे ।

याे सन् १९६८ यता अहिलेसम्मकै धेरै पानीको बहाब मापन गरिएको हो । यसअघि सन् १९८७ मा ५ लाख २३ हजार ७ सय ७१ क्युसेक मापन गरिएको थियो ।

प्रतिक्रिया