तुइनखोलामा फेरि पहिरो, दुईतर्फी आवागमन बन्द

पालिका डायरी
१३ आश्विन २०८२, १३:३०
तुइनखोलामा खस्यो ठूलो पहिरो, अन्य सडक प्रयोग गर्न आग्रह file photo

नारायणगढ–मुग्लिङ सडकखण्डको तुइनखोलामा पुनः पहिरो गएको छ । गत बिहीबारदेखि निर्बाध सञ्चालनमा रहेको उक्त खण्डमा आज पहिरोले आवागमन पूर्ण ठप्प भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो झर्ने क्रम जारी रहेकाले रोकिएपछि मात्र डिभिजनबाट तैनाथ अवस्थामा रहेको उपकरणले तत्काल पहिरो हटाउन थालिने कार्यालयले उल्लेख गरेको छ । पहिरो अवधिभर रोकिएका सवारीसाधनलाई लेन अनुशासन पालना गरी सावधान रहन अनुरोध समेत गरिएको छ ।

यसअघि बिहान ७ बजे पनि पुलनजिकै पहिरो खसेको र आधा घण्टाभित्र कार्यालयले पहिरो हटाएर यातायात सुचारु गरेको थियो । गत मंगलबारदेखि सोही स्थानमा ठूलो पहिरोले सडक अवरुद्ध भएको थियो। गत बिहीबार पन्छाएपछि दुईतर्फी आवतजावत सुचारु भए पनि आज पुन: सो स्थानमा पहिरो झरेको हो ।

यसले दशैँ मनाउन घर हिँडेकाहरु अलपत्र परेका छन् ।

प्रतिक्रिया