बागमती प्रदेश सरकारले प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने
बागमती प्रदेश सरकारले जेनजी आन्दोलनका क्रममा क्षति भएका सवारीसाधनको विकल्पस्वरूप प्रहरीलाई ८५ मोटरसाइकल उपलब्ध गराउने भएको छ।
आर्थिक मामिला तथा योजना मन्त्री तथा सरकारका प्रवक्ता प्रभात तामाङका अनुसार करिब ३ करोड रुपैयाँ बराबरका मोटरसाइकल खरिद गरी प्रहरीलाई हस्तान्तरण गर्ने निर्णय भएको हो। प्रदेश सरकारले इलाका प्रहरी कार्यालयका लागि ३० वटा, उपत्यका प्रहरीका लागि ३० वटा र उपत्यका ट्राफिक प्रहरीका लागि २५ वटा गरी ८५ मोटरसाइकल उपलब्ध गराउने तयारी गरेको छ।
चाडपर्वमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै मोटरसाइकल दिने निर्णय गरिएको मन्त्री तामाङले बताए। उनका अनुसार मापदण्डअनुसार अधिकतम १६० सीसी क्षमताको र ३ लाख ५० हजार रुपैयाँसम्मको मोटरसाइकल खरिद गर्न सकिने व्यवस्था छ।
प्रतिक्रिया


