हेटौंडा / मकवानपुरको बागमती गाउँपालिका–१ माझगाउँ, खेस्रेखोला टोलका एक युवकलाई बागमती खोलाले बगाएको छ।
स्थानीय ४८ वर्षीय गुञ्जमान घलानका १८ वर्षीय छोरा सोम बहादुर घलानसँगै माछा मार्न घरदेखि करिब ५०० मिटर पूर्वस्थित बागमती खोलामा गएका थिए। माछा मार्ने क्रममा खोलाले घलानलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
घटनापछि स्थानीयबासी र प्रहरी टोलीले युवकको खोजतलास सुरु गरेका छन्। घटनास्थल वरिपरिको क्षेत्रमा खटिएको टोलीले निरन्तर खोजी जारी राखेको भए पनि अहिलेसम्म बेपत्ता युवक फेला नपरेको प्रहरीले जनाएको छ।


