मकवानपुरबाट फरार कैदीबन्दीमध्ये ३५० अझै बेपत्ता

पालिका डायरी
२८ भाद्र २०८२, ११:२७
मकवानपुरबाट फरार कैदीबन्दीमध्ये ३५० अझै बेपत्ता

मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागार र हेटौंडामा रहेको बालसुधार गृहबाट फरार भएका १ हजार १६० कैदीबन्दीमध्ये अझै ३ सय ५० कैदीबन्दी फरार रहेका छन्।

एक जना नाबालक सहित कुल १ हजार ६६ जना रहेको भीमफेदी कारागारबाट ४ सय ४० कैदीबन्दी फरार भएकोमा हालसम्मको अवधिमा १ सय १७ जना मात्रै प्रहरी नियन्त्रणमा आएको मकवानपुर प्रहरीले जनाएको छ।

बाँकी ३ सय २३ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) श्यामु अर्यालले जानकारी दिए।

उनका अनुसार हेटौँडा–११ थानाभर्याङमा रहेको बालसुधार गृहबाट फरार भएका ७२ जना बालविद्येहरुमध्ये हालसम्मको अवधिमा ४५ जनालाई नियन्त्रणमा लिइएको छ भने १७ जना अझै फरार रहेका छन्।

उक्त बाल सुधार गृहमा ९४ जना बालविद्येहरुलाई राखिँदै आएको थियो। फरार उनीहरुको खोजीकार्य भैरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया